विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्रीले भने,’कुनै दम्भ र अहंकारबिना काम गर्छु

नेपालभ्युज

विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्रीले भने,’कुनै दम्भ र अहंकारबिना काम गर्छु

काठमाडाैं।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेश सभामा विश्वासको मत मागेका छन्। उनले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले अवमूल्यन नगर्ने प्रस्ट पारे।

कुनै प्रकारको दम्भ र अहंकारबिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने उनले बताए। भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समयसीमाभित्र पूर्ण जवाफदेही ढंगले ती विषयलाई सम्बोधन गर्छ।’ पुराना सरकारका नारा एकातिर, काम अर्कोतिर भएको भन्दै उनले ती नारालाई समेत सार्थक तुल्याउने गरी काम गर्ने पनि बताए।

प्रतिपक्षका साथीहरूले समेत सहयोग गर्ने अपेक्षा आफूले लिएको उनले उल्लेख गरे। प्रतिपक्षलाई आफ्ना सबै अहम् समाप्त गरेर, सत्तामा रहने र प्रतिपक्षमा रहने कुरालाई स्वाभाविक प्रक्रिया मानेर, नैतिक मूल्य, मान्यता र आफ्नो निश्चित मर्यादा, संसदीय प्रक्रियाको अवलम्बन गर्न पनि सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved