डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

नेपालभ्युज

डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
फाइल तश्वीर

धनगढी। डोटीको पूर्वीचौकी गाउँपालिकामा जिप दुर्घटना भएको छ।

स्थानीय बजार साझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जिप दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको पत्रकार दीपेन्द्र खड्काले घटनास्थलबाट जानकारी दिएका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

४ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको छ। मृतकहरूको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved