हेटौंडा। हालै मात्र नयाँ पार्टी खोलेका कमल थापालाई गृह जिल्लाबाट साथ मिलेको छ। राप्रपा मकवानपुर अध्यक्ष रहेका गुरुप्रसाद सापकोटासहित ७८ नेताहरुले कमल थापाको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले राप्रपामा विचलन आएको भन्दै राप्रपा नेपाललाई साथ दिने निर्णय भएको जानकारी दिए।
राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको भन्दै उनीसहित ७८ नेताले विज्ञप्तिमार्फत राप्रपा नेपालमा समाहित भएको घोषणा गरिएको छ। ‘थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिबद्धता व्यक्त गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखसहितले राप्रपा नेपालमा समाहित हुने निर्णय गरेका हुन्
Facebook Comment
Comment