पौडेललाई लक्ष्मण घिमिरेको चुनौती- ‘काँग्रेसीजनहरूले रुख चिह्न नै बिर्सने भए’

नेपालभ्युज

पौडेललाई लक्ष्मण घिमिरेको चुनौती- ‘काँग्रेसीजनहरूले रुख चिह्न नै बिर्सने भए’

काठमाडौं। कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिएका छन्। उनले माओवादी र समाजवादीलाई मत माग्ने पौडेल कसरी कांग्रेस वरिष्ठ नेता भनेर प्रश्नसमेत गरेका छन्।

पौडेलको “माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ”भन्ने अभिव्यक्ति उधृत् गर्दै घिमिरेले प्रश्न गरे, “अरूलाई साइजमा राख्न खोज्दा खोज्दै कांग्रेस नै खरानी हुने जस्तो पो भयो! तपाईँ काँग्रेसको वरिष्ठ नेता?”

पूर्वमन्त्री घिमिरेले ट्विटरमा लेख्दै उनले कम्युनिस्टहरूलाई भोट हाल्दा हाल्दा काँग्रेसीजनहरूले रुख चिह्न ने बिर्सिसकेको व्यङ्ग्य गरे। पौडेलमाथि उनको टिप्पणी छ, “आदरणीय नेता पौडेलज्यू, कम्युनिस्टहरूलाई भोट हाल्दा हाल्दा काँग्रेसीजनहरूले रुख चिह्न नै बिर्सने भए!”

नेता घिमिरे पहिलो संविधानसभामा पौडेल कांग्रेस संसदीय दलको नेता छँदा मुख्य सचेतक थिए। उनी ०४८ सालको चुनावपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारमा जलस्रोत मन्त्री थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved