आजबाट स्थायी शिक्षकको परीक्षा शुरु हुँदै

शिक्षक सेवा आयोगको परीक्षा आज (मंगलबार)बाट शुरू हुँदै छ। १७ हजार ३ सय ३२ स्थायी शिक्षकको आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो।

नेपालभ्युज

आजबाट स्थायी शिक्षकको परीक्षा शुरु हुँदै

काठमाडौं। शिक्षक सेवा आयोगको परीक्षा आज (मंगलबार)बाट शुरू हुँदैछ। १७ हजार ३ सय ३२ स्थायी शिक्षकको आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो। मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन्। आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो।

परीक्षाको सबै तयारी भइसकेको जनाएको छ। परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने नियम बनाएको छ। आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ। आयोगका अनुसार आज मावि, पर्सि १७ गते बिहीबार निम्न माध्यमिक र १९ गते शनिबार प्राथमिक र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दै छ।

आयोगले परीक्षालाई स्वतन्त्र, निष्पक्ष एवं वस्तुनिष्ठ बनाउन आचारसंहिता जारी गरेको सूचना अधिकारी मरहठ्ठाले बताउनुभयो । उहाँका अनुसार सो आचारसंहिता परीक्षामा सहभागी र सरोकार राख्ने सबैलाई लागु हुनेछ ।

करिब पाँच वर्षपछि सञ्चालन गर्न लागेको खुला परीक्षामा सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved