रूसी आक्रमणको २० औं दिन

युक्रेनी शरणार्थीको संख्या ३० लाख पुग्यो

नेपालभ्युज

युक्रेनी शरणार्थीको संख्या ३० लाख पुग्यो
युद्धका कारण किभ शहरबाट निस्किएका अन्तर्राष्ट्रिय विद्यार्थी । फाइल तस्वीर ।

एजेन्सी । रूसले घेरा हालेको बन्दरगाह शहर मरिऊपल शहरबाट २० हजार जनतालाई बाहिर निकालिएको एक युक्रेनी अधिकारीले जनाएका छन्।

यससँगै युक्रेनबाट बाहिर निस्कने शरणार्थीको संख्या ३० लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ।
किभका मेयरले खतरनाक र कठिन समय भन्दै ३५ घण्टासम्म शहरमा कफ्र्यु जारी गरेका छन्। मंगलबार बिहान शहरस्थित एक अपार्टमेन्टमा भएको बम आक्रमणका दुईज्नाको मृत्यु भएको थियो।

वार्ता प्रयास
रूस र युक्रेनबीच युद्धविरामका लागि वार्ताको प्रयास भइरहे पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन। बुधबार फेरि दुई देशका अधिकारीहरुबीच वार्ताको कार्यक्रम तय छ । पोल्यान्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्रीहरू पनि संवादका लागि युक्रेन आइपुगेका छन्। उनीहरूले युरोपेली युनियनका तर्फबाट युक्रेनलाई ठूलो सद्भाव र समर्थन देखाइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved