काठमाडौं। फागुनकोको दोस्रो सातादेखि नै निरन्तर घट्दै गएको शेयर बजारमा हरियाली छाएको छ। साताको पहिलो कारोबार दिन आज शेयर बजार तेहोरो अंकले बढेको छ।
यस दिन नेप्से परिसूचक एक सय १ दशमलव ०७ अंकले बढेर बजार दुई हजार ६६७ दशमलव ९७ बिन्दूमा पुगेको छ। आज १३ ओटै उपसमूहको शेयर उकालो लागेको छ।
यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल लिमिटेड र कर्पोरेट डेभलपमेण्ट बैंकको धितोपत्रको मूल्यमा सर्किट लागेको छ।
११ फागुनदेखि निरन्तर घट्दै गएको बजार अघिल्लो सोमबार सामान्य बजार बढे पनि अन्य दिन निरन्तर बजार घटेको छ। जसले लगानीकर्ताबीच पनि अन्योलता पैदा भएपछि लगानी पनि दुई अर्बमुनि पुगेको थियो।
यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। धितोपत्र बजारमा आइतबार ४ अर्ब ८७ करोड रुपैयाँको कुल ९० लाख २० हजार कित्ता शेयर कारोबार भएको छ।
Facebook Comment
Comment