मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे

मुस्ताङको थासाङ गाउँपालिकामा रहेको मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्।

नेपालभ्युज

मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिकामा रहेको मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेको उनीहरूले बताए।

आज बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए।
हिउँदमा जाडो छल्न बेसी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।

गएको कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved