काठमाडौं । नेकपा (माओवादी केन्द्र) का एक स्थानीय नेताले आफूलाई भाङ खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन्।
माओवादी केन्द्रको युवा संगठन वाईसीएल दोलखाका नेता भीमसेन आचार्यले शिवरात्रिको दिन शिवजीको प्रसाद भनेर गाँजा, भाङ र धतुरो खुवाई जबर्जस्ती एमालेमा प्रवेश गराइएको आरोप लगाएपछि महाशिभरात्रीको भाङको चर्चा भएको हो।
उनले आफ्नो बेहोसीपन र सोझोपनलाई गलत प्रयोग नगर्न एमालेलाई चेतावनी पनि दिए।
वाईसीएलको कालिञ्चोक गाउँपालिका-७ नम्बर वडा कमिटीका अध्यक्ष आचार्यले आज दायाँबायाँ ल्याप्चे लगाएको हस्तलिखित वक्तव्य सार्वजनिक गर्दै एमाले नेताहरूले आफ्नो बेहोसीपनको गलत प्रयोग र प्रचार गरेको दाबी गरेका हुन्।
महाशिवरात्रिका दिन गाँजा भाङ, धतुरो खुवाई आफूलाई एमाले प्रवेश गराइएको उनले वक्तव्यमा उनले लेखेका छन्। ‘एमालेमा प्रवेश गरेको भन्ने कुरा झूटो हो। तसर्थ म आफ्नो गौरवशाली पार्टी माओवादी केन्द्रमै रहेको र रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
Facebook Comment
Comment