ओलीले सभामुखविरुद्ध दायर गरेकाे रिटमाथि सुनुवाइ जारी

ओलीले एमालेले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले पार्टी फुटाउने उद्देश्यले रोकेर राखेको र निर्वाचन आयोगले पनि भूमिका खेलेको भन्दै १७ भदौमा रिट दायर गरेका थिए।

नेपालभ्युज

ओलीले सभामुखविरुद्ध दायर गरेकाे रिटमाथि सुनुवाइ जारी
फाइल फाेटाे

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ भइरहेको छ ।

पार्टीले गरेको कारबाही कार्यान्वयन नगरेर सभामुखले एमाले विभाजनमा सघाएको भन्दै ओलीले हालेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र डा.कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

ओलीले एमालेले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले पार्टी फुटाउने उद्देश्यले रोकेर राखेको र निर्वाचन आयोगले पनि भूमिका खेलेको भन्दै १७ भदौमा रिट दायर गरेका थिए।

उक्त रिटमा यसअघि गत २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । साथै २८ भदौको लागि पेसी तोकिदिएको थियो ।

तर, न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved