काठमाडौं । एमसीसी पास नगराउने शर्तमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन सत्तारुढ दलकै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका छन्।
नेकपा (एमाले) का नेता र नेकपा माओवादी केन्द्रका नेताबीच संसदभवनस्थित ओलीको कार्यकक्षमा भएको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका माओवादी केन्द्रका एक नेताले नेपालभ्यूजलाई बताए।
एमाले र नेपाली कांग्रेसका नेताबीच आज संसद्भवनस्थित ओलीको कार्यकक्षमा भएको बैठकमा केन्द्र सरकारमा एमालेले कांग्रेसलाई समर्थन गर्ने र प्रदेश सरकार एमालले नेतृत्व गर्ने विषयमा छलफल भएको थियो।
छलफलले निश्चित आकार नलिएपछि देउवा–ओलीबीच बालुवाटारमा थप छलफल हुँदै छ।
तर यसबारे एमाले पक्षका नेताहरूको धारणा सार्वजनिक भइसकेको छैन।
ओलीलाई भेट्न पुगे प्रचण्ड
Facebook Comment
Comment