हेटौँडा। मकवानपुरमा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हेटौंडा–१९ नेवारपानी र ईन्द्रसरोवर गाउँपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९, नेवारपानीको दारिमटारमा वस्तीपुरबाट नेपारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नम्बरको मोटर साइकललाई ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय १७ बर्षीय सुदीप तितुङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता, हेटौँडा–फाखेल–काठमाडौं सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका–२ मा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल सडकबाट ४ सय फिट तल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Facebook Comment
Comment