काठमाडौं । ज्ञानेन्द्र शाही राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र राप्रपा पार्टी राप्रपा प्रवेश गरेका छन्।
केही समयदेखि ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ चलाएका उनले अभियान नै राप्रपा समाहित गरेका हुन्। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका छन्।
यससँगै शाही राप्रापाको प्रवक्तामा पनि मनोनित भएका हुन्। उनीसँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ।
समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव ३ फागुनमै पदाधिकारी बैठकमा पेश गरेका थिए।
Facebook Comment
Comment