पश्चिम न्यूनचापीयको आंशिक प्रभावः हल्का वर्षाको सम्भावना

नेपालभ्युज

पश्चिम न्यूनचापीयको आंशिक प्रभावः हल्का वर्षाको सम्भावना

काठमाडौं। देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved