बूढानीलकण्ठ इस्कोन मन्दिरमा दर्शन आरती (तस्वीरहरु)

बूढानीलकण्ठ इस्कोन मन्दिरमा दर्शन आरती (तस्वीरहरु)

काठमाडौं । बूढानीलकण्ठस्थित इस्कोन मन्दिरमा बिहानैदेखि भक्तिभावको गुञ्जन सुनिन्थ्यो । बिहान ७:३० बजेदेखि सुरु हुने दर्शन आरतीको समय नजिकिँदै जाँदा मन्दिर परिसर भक्तजनहरूले भरिन थाले ।

कोही दीप लिएर भगवान् श्रीकृष्णलाई नमन गरिरहेका थिए, कोही हात जोडेर मौन प्रार्थनामा थिए भने कसैले ताली बजाउँदै हरिनाम संकीर्तनमा रमाइरहेका थिए । हरे कृष्ण ! हरे राम ! को धुनसँगै झुमिरहेका भक्तजनहरूको लागि यो केवल आरती मात्र थिएन, मन भित्रको शान्ति र समर्पणको अभिव्यक्ति थियो ।

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ISKCON) को यस मन्दिरमा स्थापना कालदेखि नै चार प्रहर आरती हुँदै आएको छ । बिहान ७:३० बजे, दिउँसो १२:३० बजे, साँझ ४:३० बजे र ६:३० बजे नियमित आरतीमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने गर्छ ।

धूप, दीप र मन्त्रसहितको आरतीले वातावरणलाई शुद्ध बनाउँछ भने श्रद्धा र समर्पणले यहाँ आउने प्रत्येकलाई केही क्षणका लागि आध्यात्मिक अनुभूतिमा डुबाइदिन्छ ।

काठमाडौंमा ऐतिहासिक जगन्नाथ रथ यात्रा (तस्वीरहरू)

हेरौं तस्वीर – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved