सेरेसले सुरु गर्‍यो मनसुन एक्सचेन्ज क्याम्प

नेपालभ्युज

सेरेसले सुरु गर्‍यो मनसुन एक्सचेन्ज क्याम्प

काठमाडौं । सेरेस नेपालले “मनसुन एक्सचेन्ज क्याम्प” सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस-३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन् ।

असार १२ गतेदेखि सुरु भएको क्याम्प १८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।

यस लिमिटेड टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकलाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन्, जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ । नेपालमा यसको सेरेस-३ मोडलले आफ्नो शक्ति र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेस गर्दै ४,४६० मिटर उचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ । अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुन: प्रमाणित गरेको छ ।

सेरेसचीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीमध्ये एक हो । यी सफलतासँगै नेपालको बढ्दो ईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको सेरेसले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved