मुकुल ढकालको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई

नेपालभ्युज

मुकुल ढकालको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई

काठमाडौं । आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यही असार १७ गते मंगलबार अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको । ढकालले रास्वपालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

रास्वपा सभापति रवि लामिछानेकै कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रतिवेदन दिएपछि ढकाल पार्टीबाट निष्कासित गरिएका थिए । तर, निर्वाचन आयोगले सो पार्टीको नयाँ कार्य समिति अद्यावधिक नगरेपछि ढकालले आफू नै सो पार्टीको महामन्त्री रहेको दाबी गर्दै आएका छन् । हालै निर्वाचन आयोगले रास्वपा केन्द्रीय कार्यसमिति अद्यावधिक नभएको पत्र ढकाललाई पठाएको थियो ।

त्यसपछि ढकालले आफूलाई महामन्त्री दाबी गर्दै रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई पत्र पठाएका थिए । तर, निर्वाचन आयोगको पत्रपछि रास्वपाले पदाधिकारी हेरफेर गर्दै हाल कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved