झिनो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१६ कम्पनीका ६२ हजार ७५५ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

१०७ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved