मनसुनी वायु सक्रिय हुँदा यी चार प्रदेशमा हुनेछ भारी वर्षा

नेपालभ्युज

मनसुनी वायु सक्रिय हुँदा यी चार प्रदेशमा हुनेछ भारी वर्षा
फाइल तस्वीर

काठमाडौं । हाल देशभर सक्रिय रहेको मनसुनी वायुको  प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशीका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले गरेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved