तनहुँमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपालभ्युज

तनहुँमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
सांकेतिक तस्वीर।

तनहुँ । तनहुँ म्याग्दे गाउँपालिका–१ बरचौरमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा जिल्लाको म्याग्दे–१ तल्लो गुणादी बस्ने ४० वर्षीय मनोज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत थर्पुबाट दमौली तर्फ आउँदै गरेको ग २ च ७४७४ नम्बरको बलेरो जिपले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प ५८२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खनाल गम्भीर घाइते भएका थिए।

घाइते खनालको उपचारको लागि जिल्ला अस्पताल दमौली ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved