साइबर सुरक्षा केन्द्र बनाउने सरकारको तयारी

नेपालभ्युज

साइबर सुरक्षा केन्द्र बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले साइबर सुरक्षा केन्द्र बनाउने तयारी गरेको छ ।

साइबर सुरक्षा चुनौतीको अनुगमन र साइबर हमलाबाट जोगाउन यस्तो केन्द्र बनाउने तयारी गरिएको हो । २७ जेठमा सरकारले संसद्‌मा दर्ता गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी’ विधेयकमा साइबर सुरक्षा केन्द्र बनाउने प्रावधान राखिएको छ ।

सञ्चार मन्त्रालयको सहसचिव यो केन्द्रको प्रमुखका रुपमा रहने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

यो केन्द्रले साइबर सुरक्षा जोखिमको अनुगमन र विश्लेषण गर्नेछ । संवेदनशिल सूचनाको २४ घण्टा अनुगमन र जोखिमको मूल्याङ्कन गरेर साइबर सुरक्षा मापदण्ड तयार गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved