सुनको भाउ १३ सयले बढ्यो

नेपालभ्युज

सुनको भाउ १३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved