बढ्यो सेयर बजार, १९६ कम्पनीमा हरियाली 

नेपालभ्युज

बढ्यो सेयर बजार, १९६ कम्पनीमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २६ दशमलव २४ अंकले बढेर २६७९ दशमलव ३४ को विन्दुमा पुगेको छ ।

मंगलबार ३११ कम्पनीका ८१ हजार ७३८ पटकको कारोबारमा २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

१९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ । आज १३ वटै उपसमूह हरियाली हुँदा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved