सुनको भाउ घट्दा बढ्यो चाँदी

नेपालभ्युज

सुनको भाउ घट्दा बढ्यो चाँदी

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved