सेयर बजारमा हरियाली, कारोबार रकम ८ अर्ब ६८ करोड 

नेपालभ्युज

सेयर बजारमा हरियाली, कारोबार रकम ८ अर्ब ६८ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २३ दशमलव १९ अंकले बढेर २६५३ दशमलव ०९ को विन्दुमा पुगेको छ ।

सोमबार ३२४ कम्पनीका ७८ हजार ८४८ पटकको कारोबारमा एक करोड ७५ लाख ०१ हजार ८०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ रहेको छ ।

१९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये तीन वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved