भारतमा कोरोना केस ६ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

नेपालभ्युज

भारतमा कोरोना केस ६ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना केस तीव्र रुपमा बढ्दै गएको छ ।

सक्रिय कोभिड-१९ का केसहरूको संख्या ६ हजार नाघेको छ । हाल देशमा ६ हजार १ सय ३३ सक्रिय केस छन्, जसमा पछिल्लो २४ घण्टामा ३ सय ७८ नयाँ केस फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ, जसमा कर्नाटकमा दुई, केरलामा तीन र तमिलनाडुमा एक जनाको मृत्यु भएको छ ।

कर्नाटकमा विभिन्न रोगहरूबाट पीडित ४६ र ७८ वर्षका दुई पुरुषहरूको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुवै जनामा ​​कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

१ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ५३ जना कोभिड–१९ बाट निको भएका छन् । – इन्डिया टुडेबाट ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved