सेयर बजारमा दोहोरो अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ०६ अंकले घटेर २६२९ दशमलव ८९ को विन्दुमा पुगेको छ ।

आइतबार ३१३ कम्पनीका ८६ हजार ६३६ पटकको कारोबारमा एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ रहेको छ ।

आइतबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनी घटेको छ । १३ उपसमूहमध्ये २ वटा बढ्दा अन्य राताम्मे छन् । आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved