आध्यन्तको डायल कार्यक्रम : सात स्टार्टअपको डिजिटल यात्रामा नयाँ मोड

नेपालभ्युज

आध्यन्तको डायल कार्यक्रम : सात स्टार्टअपको डिजिटल यात्रामा नयाँ मोड

काठमाडौं । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले ‘डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स’ एक्सिलेरेटर कार्यक्रम सुरु गरेको छ ।

नेपालका कृषि र ढुवानी क्षेत्रमा काम गर्ने सात आईटी एग्रिटेक र एग्रिलजिस्टिक्स स्टार्टअपलाई संस्थाले औपचारिक रूपमा समावेश गरेको हो ।

डायल कार्यक्रम सञ्चालन गर्दै आध्यन्तले स्टार्टअप र लगानीकर्तालाई जोड्ने काम गरिरहेको छ । कार्यक्रममा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका अध्यक्ष मनोज पौडेलले डायल कार्यक्रमको संरचना, प्रमुख लक्ष्यहरू र स्टार्टअपहरूको वृद्धिमा सहयोग पुर्‍याउने स्रोतहरूको विषयमा जानकारी दिएका थिए ।

डायल कार्यक्रम स्विजरल्यान्ड सरकारद्वारा सञ्चालित स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।

कार्यक्रमबाट नेपालको कृषि र ढुवानी क्षेत्रका चुनौती समाधान गर्न नयाँ र प्रभावकारी प्रविधिहरूको विकासलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।

कार्यक्रमअन्तर्गत दैलो कृषि, थोप्लो मेशिन्स प्राइभेट लिमिटेड, डा. फिश, आर एन्ड डी इनोभेटिभ सोलुसन्स, काठमाडौं लिभिङ ल्याब्स कन्सल्ट, प्लान्टसाट बाई सिड इनोभेसन्स र पिक एन्ड ड्रप प्राइभेट लिमिटेड छनोट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved