सुर्खेत विमानस्थलमुनि पूरै पानी रहेको प्राविधिकको आशंका, रनवेको मर्मत सकियो

नेपालभ्युज

सुर्खेत विमानस्थलमुनि पूरै पानी रहेको प्राविधिकको आशंका, रनवेको मर्मत सकियो

सुर्खेत । रनवेमा खाल्डो परेपछि मंगलबारदेखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सञ्चालन हुने भएको छ ।

विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिन बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिएपछि शनिबारदेखि नियमित उडानका लागि विमानस्थल सञ्चालन गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए । विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो ।

‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु पर्‍यो’ विमानस्थल प्रमूख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसँगै शनिबारबार जहाज नियमित गरिनेछ ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए ।

मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरीक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरुलाई भनेको बताए ।

‘विमानस्थलमुनि पूरै पानी छ भन्ने आशंका प्राविधिकहरुको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नुपर्ने जरुरी भएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved