रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना, सात जना घाइते

दुर्घटनामा घाइते भएका सात जना यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकको अवस्था गम्भीर रहेको जनाएको छ।

नेपालभ्युज

रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना, सात जना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको एक यात्रुवाहक बस आज बिहान तनहुँको डुम्रेमा टिपरसँग ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका सात जना यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकको अवस्था गम्भीर रहेको जनाएको छ।

प्रहरीका अनुसार यम्पाबाट डुम्रेतर्फ जाँदै गरेको टिपर र रुकुमबाट काठमाडौँ आउँदै गरेको बस ठोक्किएको हो। उक्त टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved