टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु

१० लाखसम्मको उपहार

नेपालभ्युज

टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु

काठमाडौं। आजदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु गरेको हो।

उक्त मेलाबाट ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर दिएर त्यसको सट्टामा टीभीएसको नयाँ सवारी लिन सक्छन्। एक्सचेन्ज मेलाबाट ग्राहकले १० हजारसम्मको थप मूल्यांकन पाउने र खरिद गर्नुपूर्व १ लाख तथा खरिद गरिसकेपछि १० लाखसम्मको उपहार समेत पाउने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार नयाँ मोटरसाइकल र ग्राहक खरिद गर्न चाहने ग्राहकका लागि आज विश्वकर्मा पूजाको दिनबाट ६ दिनसम्म एक्सचेन्ज मेला गर्न लागिएको हो। किस्तामा सवारी खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक ५ हजार ९९९ रुपैयाँमा नयाँ मोटरसाइकल र स्कुटर लिन सक्नेछन्।

सवारी प्रि–बुकिङ गर्ने ग्राहकलाई कम्पनीले २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था पनि गरेको छ।

छुट र आकर्षक उपहारका साथ सुरु भएको मेलामा टीभीएसले एक्सचेन्ज ईएमआई अफर पनि राखेको छ, जसमार्फत् किस्तामा सवारी खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक ५ हजार ९९९ रुपैयाँमा नयाँ मोटरसाइकल र स्कुटर लिन सक्नेछन्।

टेस्ट राइड गर्नेलाई पक्कापक्की पुरस्कार गरिएकोमा एक्सचेन्ज मेलाले दसैंमा सवारी खरिद गर्न चाहनेलाई हर्षित बनाएको कम्पनीका अध्यक्ष साहिल अग्रवालले बताए। मेलाको उद्घाटन गर्दै उनले भने, ‘‘टीभीएसले सधैं नयाँ र नविनतम् प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ, बडादशैँको मुखमा यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved