तीन दिनअघि कालीगण्डकीमा बेपत्ता भएका किशोरको शव भेटियो

नेपालभ्युज

तीन दिनअघि कालीगण्डकीमा बेपत्ता भएका किशोरको शव भेटियो
सांकेतिक तस्वीर

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि सोमबार फेला पारेको छ ।

घुमाउनेतालका १५ वर्षीय नीरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँचजना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved