दाङको तुलसीपुरमा आगलागी, पाँच जनाको ज्यान गयो

मृत्यु हुनेमा चार जना पुरुष र एकजना बालिका रहेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याल जानकारी दिए।

नेपालभ्युज

दाङको तुलसीपुरमा आगलागी, पाँच जनाको ज्यान गयो

काठमाडौं। दाङको तुलसीपुरमा एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना पुरुष र एकजना बालिका रहेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याल जानकारी दिए।

आगलागीमा परी एक जना घाइते भएका छन्। घाइतेको रापती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो। घरमा चप्पल गोदाम रहेकोले आगो थप बढेको बताइएको छ। ढिलो गरी मात्र आगो नियन्त्रणमा लिइएको थियो। घटनाको थप क्षति विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved