भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो : आपतकालीन अवस्था आए सम्पर्क गर्नू

नेपालभ्युज

भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो : आपतकालीन अवस्था आए सम्पर्क गर्नू

काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले कुनै आपतकालीन अवस्था आए नयाँ दिल्लीस्थित दूतावास र कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न त्यहाँका नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सम्पर्कका लागि +९१–११२३४७६२०० र +९१–८९२९६०१९२५ गरी दुईवटा टेलिफोन नम्बर उपलब्ध गराएको छ ।

भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले यस्तो सुविधा उपलब्ध गराएको हो ।

‘विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

पाकिस्तानमा अध्ययनरत विद्यार्थीलाई सरकारको अनुरोध : सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्नू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved