काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा मन्त्री डा राणाले यसबारे जानकारी दिएकी हुन् ।
मन्त्री राणाले नेपालले पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको र यसलाई एक स्थायी कूटनीतिक मञ्चको रूपमा वार्षिक रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेकोले यो कार्यक्रम नेपालको लागि अत्यन्तै आवश्यक र प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । परराष्ट्र मन्त्रालय यसलाई सफल बनाउन निरन्तर लागिरहेको उनले बताईन् ।
जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रहेर यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति र पहिचानका लागि एक महत्वपूर्ण अवसर भएको मन्त्री राणाले बताईन् । सरकार यसलाई सफल पार्न हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो।
उनले थपिन्, “जलस्रोत र पर्यावरणको प्रमुख स्रोतको रूपमा रहेको नेपालका हिमालहरू तीव्र रूपमा पग्लिरहेका छन् र नेपालले जलवायु परिवर्तनको अप्रत्याशित क्षति भोगिरहेको वर्तमान अवस्थामा सामूहिक रूपमा आवाज उठाउन तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको मुद्दालाई अझ सशक्त बनाउन यो सम्मेलन महत्वपूर्ण साबित हुनेछ।”
उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न सगरमाथा संवादको थालनी गरिएको र यो यसको पहिलो संस्करण भएको स्पष्ट पारिन्। यस संवादमार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू र अन्तर्राष्ट्रिय संघसंगठनहरूलाई एकै ठाउँमा ल्याएर छलफल र प्रतिबद्धता जुटाउने प्रयास नेपालले गरिरहेको उनले बताईन्।
सगरमाथा संवादको पहिलो संस्करण व्यवस्थापन समितिको संयोजक रहेकी मन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउन प्रयास गरिएको र धेरैले उत्साहजनक रूपमा सहभागिता जनाउने निश्चित भएको जानकारी दिईन् ।
मन्त्री राणाले यस्तो स्तरको कार्यक्रम नेपालको लागि एक ठूलो अवसर भएकोले सबै सम्बन्धित मन्त्रालयका कर्मचारी, निजी क्षेत्र र विश्वभर रहेका नेपाली नियोगहरूलाई आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्न निर्देशन दिईन्।
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि आफ्नो मन्त्रालय सगरमाथा संवादको अन्तिम तयारीमा जुटेको जानकारी गराएका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादको तयारीका लागि भइरहेका कार्यहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
उक्त अन्तर्राष्ट्रिय मञ्चमा हालसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि र ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्घठनहरुले आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन्।
उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रुपमा सगरमाथा संवादको सुरुआत गरेको र यसबर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गरे ।
मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरुलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताईन् ।
सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहेकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रुपमा उनीहरुले सहभागिताको सुनिश्चित पनि गरेको जानकारी दिईन् ।
मन्त्री डा राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगहरुलाई निर्देशन पनि दिईन् ।
त्यस बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराएका थिए । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामहरुका बारेमा जानकारी गराएका थिए ।
सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्घठनहरुले सहभागिताको सुनिश्चितता गरेका छन् ।
Facebook Comment
Comment