काठमाडौं। बैंकिङ प्रणालीमा रकम नै नभएपछि लगानी ठप्प बनेको छ। २६ माघमा सार्वजनिक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ खर्ब ५४ अर्ब रुपैयाँ लगानी भएको छ। यो तथ्यांकले मात्रै महीनाभरीमा जम्मा ८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ।
राष्ट्र बैंकको २ माघको तथ्यांकअनुसार ४१ ख्र्ब ४१ अर्ब कर्जा प्रवाह भएको थियो। जबकि बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा औसतमा पछिल्ला वर्षहरूमा दैनिक ५ देखि ८ अर्ब रुपैयाँ कर्जा प्रवाह हुने गर्थ्यो।
यसअघि गत १२ मंसीरसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले ४० खर्ब ४८ अर्ब रुपैयाँ लगानी गरिसकेका थिए। गत आर्थिक वर्षको असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो। यस्तो कर्जा लगानी साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो। भदौ मसान्तमा बैंकहरूले ३८ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गर्न सकेका थिए।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) रेसियोलाई हटाएर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो लागू गरेको थियो। यसको अर्थ कूल निक्षेप संंकलनको १० प्रतिशत रकम जगेडा राख्दै बाँकी ९० प्रतिशतमात्रै लगानी गर्न पाइन्छ।
राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशत कायम राख्नुपर्नेछ। पछिल्लो तथ्यांकअनुसार औसत सीडी रेसियो घटेर ९०.४७ प्रतिशत कायम भएको छ।
प्छिल्लो समय अन्तर बैकिङ कर्जा पर्वा हपनि बढेको देखिन्छ। यस्तो कर्जा बढ्दै जाँदा अन्तर बैंक कर्जा ब्याजदर भने ४.९९ प्रतिशत छ।
निक्षेप पनि ठप्पप्राय:
बैंकिङ प्रणालीमा निक्षेप घट्दै ४३ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ। माघ महीनामा निक्षेपमा निकै कमी आउँदै तरलतामा थप चाप परेको छ। गत मंसीरभरी नै उच्च संकटमा परेको तरलता पुषमा केही सहज बनेको थियो। तर माघ लागेपछि निक्षेप घट्दै गएपछि झनै चाप देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २६ गते बुधबार वाणिज्य बैंकहरूलेृ संकलन गरेको निक्षेप ४२ खर्ब ०५ अर्ब छ। माघ पहिलो हप्ताको तुलनामा ८ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट बाहिरिएको छ।
त्यसअघिको तथ्यांकअनुसार गत १६ पुसमा भने ४२ खर्ब ४९ रुपैयाँ अर्ब निक्षेप बैंकिङ प्रणालीमा थियो। त्यसपछि २३ पुससम्म आइपुग्दा ५८ अर्ब निक्षेप प्रणालीमा थप हुँदै ४३ खर्ब सात अर्ब रुपैयाँ पुगेको थियो। त्यसपछि गत ३० पुससम्म वाणिज्य बैंकहरू एकै दिन ३८ अर्ब निक्षेप बढ्दै कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो। २ माघमा भने घटेर ४३ खर्ब १४ अर्ब रुपैयाँमा झरेको थियो। ५ माघसम्म आइपुग्दा फेरि निक्षेपमा कमी आउँदै ४३ खर्ब ५ अर्बमा सीमित बनेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको थियो।
यसअघि गत १२ मंसीरसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ४२ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो भने कूल लगानी ४० खर्ब ४८ अर्ब पुगेको थियो। त्यसअघि गत कात्तिक १६ गते बैंकिङ प्रणालीमा ४२ खर्ब ४० अर्ब रुपैयाँ थियो। त्यसअघि २० असोजमा ४२ खर्ब ५४ अर्ब निक्षेप बैंकिङ प्रणालीमा थियो। गत आर्थिक वर्ष २०७७–७८ को अन्तिम अर्थात् असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसपछि गत साउन मसान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँमा झरेको थियो।
भदौ मसान्तसम्म आइपुग्दा निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँमा झ¥यो। असोजको पहिलो साता बैंकहरुमा निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ थियो। ११ असोजसम्म आइपुग्दा त्यस्तो रकम ४१ खर्ब ४६ अर्बमा झर्यो।
असोज तेस्रो सातामा चालू आर्थिक वर्षमा भएको घाटा परिपूर्ति गर्दै १ खर्ब ३ अर्बले निक्षेपमा वृद्धि हुँदै ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको थियो।
Facebook Comment
Comment