हुप्सेकोट गाउँपालिकको वडा टुक्राउन सिफारिस

नेपालभ्युज

हुप्सेकोट गाउँपालिकको वडा टुक्राउन सिफारिस

पोखरा।  गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको हुप्सेकोटको वडा टुक्राउन संघमा सिफारिस गरेको छ।

प्रदेश सरकारले हुप्सेकोट गाउँपालिका २ र ४ वडा एक वर्षपछि टुक्राउनको लागि सिफारिस गरेको हो। पालिकामा रहेको उक्त वडालाई टुक्राएर ७ र ८ बनाउन सिफारिस गरेको प्रदेश सरकाका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए।

गाउँपालिकामा यसअघि प्रदेश सरकारले अध्ययन, अनुमगन र स्थानीयको गुनासोलाई ध्यानमा राखेर वडा टुक्राउन सिफारिस गरिएको उनले बताए। हुप्सेकोट गाउँपालिकामा ६ वटा वडा रहेका छन्। साविक हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समिति मिलाएर हुप्सेकोट गाउँपालिका बनेको हो। साविक देउराली गाविसकै कार्यालयमा गाउँपालिका कार्यालय छ। भौगोलिक रूपमा नागरिकलाई एकदमै गाह्रो भएपछि पालिकाले वडा टुक्राउन सिफारिस गरिएको जनाइएको छ।

साविक देउराली गाविसको ६ र ७ धौवादीको ७ मिलाएर हुप्सेकोट गापाको वडा नम्बर ४ बनेको हो। साविकको देउरालीको गाविसको १, २ र ९ मिलाएर वडा नम्बर २ बनेको रहेछ। तत्कालीन धौवादी ७ र तत्कालीन साविक देउराली १ र २ अपाइ परेको हुँदा देउराली गाउँपालिका वडा २ लाई नयाँ २ नम्बर वडामा सार्ने, देउरालीको ६ र ७ वडालाई नयाँ ४ वडामा, धौवादी ७ लाई नयाँ वडा ७ मा राख्ने, देउरालीको तत्कालिन १ र ९ लाई मिलाएर वडा नम्बर ८ मा राख्ने निर्णय भएको खड्काले जानकारी दिए। ‘हुप्सेकोट गाउँपालिकाले वडा सार्ने प्रस्तावलाई अनुमोदन गरेर नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय माघ २४ गतेको मन्त्रीपरिषदको बैठकले निर्णय भएको छ,’ उनले भने, ‘वडा संख्या र सिमाना हेरफेर गर्न केन्द्र सरकारलाई थप निर्णय गर्नेछ।’

भौगोलिक रूपमा नागरिकलाई एकदमै गाह्रो, वडा कार्यालय पुग्न एकदिन लाग्ने भएपछि पालिकाले वडा टुक्र्याउन भनी सिफारिसमा उल्लेख भएको खड्काले जनाए। गत २०७७ पुुसमा गाउँपालिकाको सभाबाट पारित गरेर प्रदेश सरकारलाई सिफारिस आएको थियो। हुप्सेकोट गाउँपाकिाले सिफारिस गरेर पठाइएको एक वर्षपछि बल्ल नेपाल सरकारलाई पठाएको हो। गाउँपालिकामा ११२७२ पुरुषको संख्या र १३७९३ महिलाको संख्या गरी कुल २५ हजार ६५ जनसंख्या रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved