जम्मु कश्मिरमा विष्फोटको आशंका

नेपालभ्युज

जम्मु कश्मिरमा विष्फोटको आशंका

काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरमा आज ‘विष्फोट’को आवाज सुनिएको छ। प्रत्यक्षदर्शीहरूले त्यस क्षेत्रमा साइरन बजेको र बत्ती गएको बताएका छन्।

अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतीय सेनाका प्रवक्ताले कश्मिरमा विष्फोटको आवाज सुनिएको पुष्टि गरेका छन्। उनले भने, ‘अहिलेसम्म हामीसँग विस्तृत जानकारी छैन, तर हामी स्थिति बुझ्ने प्रयास गरिरहेका छौं। त्यहाँ अहिले ब्ल्याकआउट छ।’

जम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा एक ठूलो विष्फोट भएको उल्लेख गर्दै सो बम वा मिसाइल आक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्।

यद्यपि, घटनाबारे भारत वा पाकिस्तान दुवै पक्षबाट विस्तृत विवरण भने आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved