आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्ट मोडमा, विद्यालयदेखि एयरस्पेससम्म बन्द

नेपालभ्युज

आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्ट मोडमा, विद्यालयदेखि एयरस्पेससम्म बन्द

काठमाडौं । भारतले पाकिस्तानमा गए राति एयरस्ट्राइक गरेसँगै दुई देशबीचको तनाव उच्चस्तरमा बढेको छ । भारतीय आक्रमणपछि दुवै देशमा निकै हलचल बढेको छ । भारत र पाकिस्तान दुवै सतर्क मोडमा आएका छन् । भारतले जम्मू कश्मीर, हरियाण, पञ्जावलगायतका राज्यहरूमा एयरस्पेस बन्द गरेको छ । जम्मू कश्मीरमा विद्यालयहरूसमेत बन्द गरिएको छ ।

उता पाकिस्तानमा पनि एयरस्पेस बन्द गरिएको छ । दुवैतर्फ एयरस्पेस बन्द हुँदा यी दुई देशमा उडान हुने अन्तर्राष्ट्रिय उडानहरू डाइर्भट र स्थगित गरिएको छ ।

भारतीय आक्रमणपछि ध्वस्त भएका संरचनाका केही भिडियोहरू पनि सार्वजनिक भएका छन् । भारतको आक्रमणपछिछ भारत र पाकिस्तानलाई विभाजन गर्ने एलओसीमा पनि दुवैतर्फका सेनाबाट गोलीबारी भइरहेको छ । पाकिस्तानी सेनाको गोलीमा तीन जना भारतीय मारिएको दाबी गरिएको छ । उता भारतीय एयरस्ट्राइकमा एक बालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी प्रधानमन्त्रीले पुष्टि गरेका छन् ।

भारतीय सेनाले पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय नागरिकको मृत्यु भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved