काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बुधबार सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि काठमाडौं उपत्यकाका अदालतहरू भने खुल्ला रहने भएका छन्।
उच्च अदालत पाटनले मङ्गलबार एक सूचना जारी गर्दै अदालत बन्द नरहने जानकारी दिएको हो। सूचनामा भनिएको छ, “यस अदालत र काठमाडौँ उपत्यकाभित्रका यस अदालत मातहतका अदालतहरु समेत खुला रहने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
यसअघि बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, काठमाडौं उपत्यकाको हकमा गृह मन्त्रालयको निर्णय बमोजिम हुने भएकाले बिदा नहुने उच्च अदालत पाटनले स्पष्ट पारेको छ। यस निर्णयसँगै काठमाडौं उपत्यकाका सेवाग्राहीहरूले भोलि पनि अदालतका नियमित कामकाजहरू सुचारु हुने भएकाले सेवा लिन सक्नेछन्।
Facebook Comment
Comment