राजकुमार ह्यारी भन्छन् – झगडाको अर्थ छैन, शाही परिवारसँग मेलमिलाप गर्न चाहन्छु

नेपालभ्युज

राजकुमार ह्यारी भन्छन् – झगडाको अर्थ छैन, शाही परिवारसँग मेलमिलाप गर्न चाहन्छु
तस्वीर - बीबीसी

काठमाडौं । बेलायती युवराज ह्यारीले शाही परिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले अब झगडा गरिरहनुको कुनै अर्थ नभएको बताए ।

“म मेरो परिवारसँग मेलमिलाप गर्न चाहन्छु । अब झगडा गरिरहनुको कुनै अर्थ छैन, जीवन अनमोल छ,” ह्यारीले भने ।

उनले बेलायतमा आफ्नो सुरक्षासम्बन्धी विषयमा दिएको कानुनी चुनौती अदालतबाट हारेपछि आफू अत्यन्त दुखी भएकोसमेत बताए ।

सुरक्षासम्बन्धी विषयले राजा चार्ल्सले पनि आफूसँग बोलचाल बन्द गरेको ह्यारी बताउँछन् । तर, बुवाको जीवन धेरै लामो नभएकाले अब कुनै झगडा गर्न नचाहेको उनले बताए ।

शुक्रबारको अदालती फैसलापछि ह्यारीले भने, “अहिले म आफ्नी पत्नी र बच्चाहरूलाई बेलायत फर्काउनेबारे सोच्न सक्दिनँ । म र मेरो परिवारका केही सदस्यबीच धेरै झगडा भयो । तर, अब मैले उनीहरूलाई माफ गरिसकेको छु ।”

आफू फेरि परिवारसँग मिल्न चाहेको उनले बताएका छन् । “म परिवारसँग फेरि मिल्न चाहन्छु । अब लडाइँ जारी राख्नु बेकार छ । जीवन नै धेरै मूल्यवान् छ,” उनले भने । सुरक्षा विवाद नै सधैँ मुख्य समस्या रहेको उनले बताए ।

सन् २०२० मा सक्रिय राजपरिवारको सदस्यताको पदबाट हटेर अमेरिका बसाइँसराइ गर्दा लागू गरिएको उनको सुरक्षा व्यवस्थामा गरिएको परिवर्तन उल्टाउन चाहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved