सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा दिइने

नेपालभ्युज

सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा दिइने

काठमाडौं । सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने बताएका हुन् ।

उनले भने, ‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ । हप्तामा २० घण्टाको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ ।’

त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घण्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए ।

राष्ट्रपति पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइनेसमेत बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए ।

त्यस्तै कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले कृषिकार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए । उनले नेपालमै प्रांगरिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved