श्रीलङ्कामा भएको बस दुर्घटनामा २७ जना घाइते

नेपालभ्युज

श्रीलङ्कामा भएको बस दुर्घटनामा २७ जना घाइते
सांकेतिक तस्वीर

कोलम्बो ।  श्रीलङ्काको उवा प्रान्तको महियाङ्गानायामा शुक्रबार एक बस दुर्घटना हुँदा १० जना विद्यालय जाने उमेरका बालबालिकासहित २७ जना घाइते भएका छन् ।

बसको ब्रेकमा समस्या आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० जना विद्यालय जाने उमेरका साना बालबालिका रहेको सबैलाई उपचारका लागि क्षेत्रीय अस्पतालमा लगिएको प्रहरी प्रवक्ता बुद्धिका मनतुङ्गाले जानकारी दिए ।

कार्यवाहक प्रहरी महानिरीक्षक प्रियन्था वीरासूर्याले श्रीलङ्कामा ठूलो सङ्ख्यामा बस दुर्घटना यान्त्रिक र संरचनागत खराबीका कारण हुने गरेको गत बर्ष सार्वजनिक एक रिपोर्टमा उल्लेख गरेका  थिए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved