एसईई र कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

एसईई र कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा तोकिएकै समयमा प्रकाशन गर्न सरकारको नाममा आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो।

अदालतले आन्दोलनरत शिक्षकका कारण एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुन सक्ने अवस्था आउन नदिन आवश्यक व्यवस्था मिलाउन सरकारलाई भनेको छ। आदेशमा भनिएको छ, ‘तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिनू।’

यसैगरी, सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा पनि पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन गर्न सरकारलाई आदेश दिएको छ।

अदालतको यो आदेशले एसईई र कक्षा १२ का विद्यार्थी तथा अभिभावकलाई समयमै नतिजा प्रकाशन हुने र परीक्षा सञ्चालन हुने विषयमा राहत मिलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved