रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

नेपालभ्युज

रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेले आइतबार निवदेन दर्ता गरेका हुन् । उनले आफूलाई प्रचलित कानुनविपरित थुनामा राखिएको निवेदनमा उल्लेख गरेका छन् ।

हाल लामिछाने रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved