सञ्चारमन्त्रीले दोहोर्‍याए – फेसबुक दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ

नेपालभ्युज

सञ्चारमन्त्रीले दोहोर्‍याए – फेसबुक दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल प्लाटफर्म दर्ता हुन नआए प्रतिबन्ध लगाइने दोहोर्‍याएका छन् ।

मन्त्रालयले गत चैत ७ गते सूचना निकालेर सामाजिक सञ्जाललाई वैशाख ७ गतेभित्र अनिवार्य रुपमा सूचीकृत हुन भनेको थियो । तर, समयसीमा सकिन लाग्दा पनि फेसबुकहरु सूचीकृत हुन नआएको गुरुङले बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले देशको नियम मान्नुपर्ने छ । तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाइने छ ।”

उनले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको पनि स्पष्ट पारे ।

हालसम्म नेपालमा टिकटक, भाइबर र विटक मात्र दर्ता भएका छन् ।

यसअघि २३ माघमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved