रास्वपा बैठक : सुमनाले गराइन् सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी

नेपालभ्युज

रास्वपा बैठक : सुमनाले गराइन् सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।

उनले बिहीबारको बैठकमा यसबारे जानकारी गराएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

‘सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएकोबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराउनुभयो,’ उनले भने ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डोलप्रसादले बैठकलाई जानकारी दिएको झाले बताए ।

यसैबीच रास्वपाले प्रदेश सातैवटा प्रदेशका इन्चार्ज तोकेको छ । यसमा सुमना भने समेटिएकी छैनन् ।

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved