२५ करोड प्रकरण : ट्रक चालक लामा कारागार चलान

नेपालभ्युज

२५ करोड प्रकरण : ट्रक चालक लामा कारागार चलान

काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित लामालाई पक्राउ गरिएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ घर भएका ४३ वर्षीय लामा यसअघि पनि सुन काण्डमा जेल बसेर छुटेका थिए ।

२५ करोड बरामद घटना : सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए ट्रक चालक, यसरी समातियो

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved