बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कारोबार हुने पाँच कम्पनी 

नेपालभ्युज

बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कारोबार हुने पाँच कम्पनी 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७५ अङ्कले बढेर २६९८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ रहेको छ । १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा नगदी ग्रुप पावर रहेको छ । जसको कारोबार रकम ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा राधी विद्युत् कम्पनी रहेको छ भने तेस्रोमा बलेफी हाइड्रोपावर रहेको छ ।

त्यसैगरी, सर्वाधिक कमाउनेको चौथो लिस्टमा एनआरएन इन्फ्रास्ट्रक्चर र पाँचौँमा हिमालयन पावर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved