आईपीएल

दिल्लीको विजय यात्रामा ‘ब्रेक’

मुम्बईले १२ रनले हरायो

नेपालभ्युज

दिल्लीको विजय यात्रामा ‘ब्रेक’

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको विजय यात्रामा ‘ब्रेक’ लागेको छ ।

दिल्लीमा आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले घरेलु टोलीमाथि १२ रनको जित हासिल गरेको हो ।

मुम्बईले दिएको २०६ रनको विशाल लक्ष्य दिल्लीले भेट्टाउन सकेन । दिल्ली १९ ओभरमा १९३ रन बनाएर अलआउट भयो ।

दिल्लीका करुण नइरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४० बलमा ८९ रन जोडे । उनी खेलको सबैभन्दा मूल्यवान खेलाडी घोषित भए ।

मुम्बईका लागि कर्ण शर्माले सर्वाधिक ३ विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्वाधिक रन बनाए । उनले ५९ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले कसिलो बलिङ गर्दै २ विकेट लिए ।

जारी प्रतियोगितामा दिल्लीको पहिलो पराजय हो । ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीले यसअघि खेलेका ४ वटै खेल जितेको थियो ।

यता मुम्बईले भने ६ खेलमा दोस्रो जित हासिल गरेको हो । मुम्बई ४ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

आइतबार नै भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि ९ विकेटको शानदार जित हासिल गरेको थियो ।

राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved